दफा ५४
चालक अनुमतिपत्रको वैधता
(१) दफा ५० बमोजिम चालक अनुमतिपत्र प्राप्त गर्ने व्यक्तिले सो अनुमतिपत्रमा लेखिएका सवारीहरू मात्र चलाउन पाउनेछ ।
(२) उपदफा (१) का अधीनमा रही चालकले त्यस्तो सवारी नेपाल भर चलाउन पाउनेछ ।
(३) चालक अनुमतिपत्र दिइएको मितिले पाँच वर्षसम्म बहाल रहनेछ ।